ब्रेकिङ न्युज

Default Placeholder

२१ साउन २०८२

कञ्चनपुर: 

आइतबार बेल्डाडी गा पा २ बस्ने बर्ष  १७ कि सम्झना भट्ट आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन । सम्झनाका माइती पक्षहरूले सम्झनाको आत्महत्या नभइ हत्या गरेको आरोपमा प्रहरी लाई जाहेरी गरे पछि प्रहरिले निजका श्रीमान पवन भट्ट,आमा (सासू) किरण भट्ट र बुवा (ससुरा)  हरि भट्ट को नाममा १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि निजहरुलाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

सोहि बिसयलाइ लिएर आज बिहान लिटिलबुद्द एकेडेमिका कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले लिटिलबुद्ध कलेजबाट सम्झना भट्टको फोटो सहितको ब्यानर निकाली सम्झना लाई न्याय दे , हत्या गर्न पाइदैन , आत्महत्या नभइ हत्या गरेको हो , हत्यारालाइ फाँसी दे लगायतका नाराहरु लगाइ बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा समेत नाराबाजी गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: