ब्रेकिङ न्युज

Default Placeholder


कञ्चनपुर, २५ फागुन — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि देशभर सम्पन्न निर्वाचनको हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता हासिल गरेको छ।


हालसम्मको मतपरिणाम अनुसार रास्वपाले १२५ निर्वाचन क्षेत्रमा विजय वा अग्रता कायम गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेकपा (माओवादी केन्द्र)ले ७, राप्रपाले १, श्रम तथा संस्कृति पार्टीले ३ तथा स्वतन्त्र उम्मेदवारबाट १ जना प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका छन्।
यस्तै, कञ्चनपुर जिल्लामा रहेका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपा उम्मेदवारहरूले विजय हासिल गरेका छन्। समानुपातिकतर्फ पनि कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपा पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो दल तथा हिन्दुराष्ट्र नेपालको एजेण्डा बोकेको राप्रपा चौथो स्थानमा देखिएका छन ।

कञ्चनपुर जिल्लामा जम्मा खसेको समानुपातिक मत १,९६,०२७ मध्ये १०,०६३ मत बदर भएका छन।

सि नराजनितिक दलक्षेत्र न १क्षेत्र न २क्षेत्र न ०३जम्मा
राष्ट्रिय स्वतन्त्र पार्टी२५९२२३३३७५२८६४८८७९४५
नेपाली काङग्रेस७२०८१०५१२८६७६२६३९६
नेकपा एमाले७४३४६७८५६५४६२०७६५
नेपाली कम्युनिष्ट पार्टी९६२७५६९८३४२०१८७४५
राष्ट्रिय प्रजातन्त्र पार्टी२८३७३६५४५९०११२७४५
श्रम संस्कृति पार्टी७९३२१८२८८१२९९

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: