आइतबार, १४ भदौ २०८३
Nispaksha Awaj
  • समाचार
    • राजनीति
    • व्यवसाय
    • कृषि
  • स्थानीय तह/ विकास
    • राजनीति
    • पर्यटन
    • निर्माण
  • स्वास्थ्य, विज्ञान र प्रविधि
    • समाचार
    • समस्या/समाधान
  • शिक्षा / साहित्य
    • समाचार
    • समस्या/समाधान
    • साहित्यिक रचनाहरू
  • अपराध
  • समाज
  • विदेश / कूटनीति
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र जगत
    • अन्य
  • विविध
  • भिडियो
  • NE
    • EN
    • NE
  • समाचार
  • nishpakshawaj
  • mahendranagarnews
  • निश्पक्ष आवाज
  • बैतडी
  • dipendrasinghairi
  • nepalcricketteam
  • cricketnews
  • CAN
  • निर्वाचन २०८२
  • Ipl2024
  • Taradattbhatt
  • निश्पक्षआवाज
  • सुदुरपश्चिम प्रदेश
स्थानीय तह/ विकास

सुडा पुलमा बनाएकै दुई दिनमा कालोपत्रेमा खाल्डो

निश्पक्ष आवाज निश्पक्ष आवाज बिहिबार, २६ असार २०८२, २१ : ५५
० सेयर Facebook X WhatsApp LinkedIn Email

Share Article:

सुडा पुलमा बनाएकै दुई दिनमा कालोपत्रेमा खाल्डो

२४ असार, २०८२
कंचनपुर
असार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनसुकै ठाउँमा देख्न सकिन्छ । महेन्द्रराजमार्गमा रहेको कंचनपुरको भिमदत्त नगरपालिका वडा न २, सुडामा पर्ने पुल निर्माण सम्पन्न हुँदै गर्दा त्यस माथी गरिएको कालोपत्रे निस्किन शुरु भइसकेको छ ।

राजमार्गमा मानिसहरुको भिड अनुमान नगरी बनाइएको पुल कामचलाउ रुपमा बनेको निश्चित भएको पाइएको छ । ०८२ साल असार मसान्त भित्र सकिनुपर्ने योजना निर्माणको ठेक्का न्यु जोशी महरा जे.भि. कम्पनीले गरिरहेको छ , उक्त पुल योजनामा पुलको भागमा पर्ने सडक पिच गर्नुपर्ने काम समेत स्तरहिन रहेको पाइएको छ ।

यस अगाडि पुल क्षतिग्रस्त हुदा यो क्षेत्रमा डाइभर्सन समेत नराखिदा कंचनपुरकै उर्जावान युवाहरु दुर्घटना परेर ज्यान समेत गुमाइसकेका छन । पुलको चौडाइ कम भएको र यसले निकट भविष्यको ट्राफिक समस्यालाइ कसरी समाधान गर्न सक्छ भन्दै सडक डिभिजन कार्यालय कंचनपुरलाई बुझ्दा पुलको चौडाइ धेरै गर्न बजेटको सीमा लगायतका बिषयले आफुहरुले यो मापदण्डमा पुलको काम अगाडि बढाएको तथा अहिलेको आवत जावत गर्ने मानिसहरुको संख्यालाई यो पुलले धान्न सक्ने तर ५/६ बर्षमा नै यसको विकल्पको रुपमा थप सोच्नु पर्ने बताउछन सडक डिभिजन कार्यालय कंचनपुरका प्रमुख राजेश कुमार यादव ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण मार्फत नेपाल सरकारले गड्डाचौकी – अत्तरिया सडकखण्ड ४ लेन बनाउने भनि बजेट समेत विनियोजन गरिसकेको बेला आउने बर्षहरुमा राजमार्गमा हुन सक्ने ओहोर-दोहोर लाई बेवास्ता गरेर ल्याइएका यस्ता किसिमका योजनाले सरकारको खर्च समेत बढाएको र आगामी दिनमा त्यसै कामलाई मात्र दोहर्‍याएर गरिराख्नुपर्ने रुपमा समेत यस्ता योजनाहरुलाइ बुझ्न सकिन्छ ।

सडकमा काम संचालन भइरहदा निर्माण कम्पनीले काम गर्ने भएतापनी सडक डिभिजन कार्यालयबाट खटिएको प्रतिनिधि समेत त्यस स्थानमा हुनु जरुरी हुन्छ जसले मापदण्ड अनुसार काम गर्नु पर्ने र मापदण्ड अनुसार काम नगरे काम गराउने जिम्मा समेत हुनु पर्दछ । पुल नजिक भइरहेको पिचको स्तर कमसल भएको स्विकार गर्दै त्यसलाई स्तरिय बनाउन आफुहरुले पहल गरिरहेको र मापदण्ड अनुसार ठेकेदार कम्पनीलाई आफुहरुले काम गराएरै छोडने बताउछन , सडक डिभिजन कार्यालयका सुचना अधिकारी ई. हरिश प्रसाद जोशी ।

कंचनपुर निश्पक्ष आवाज समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

निश्पक्ष आवाज

निश्पक्ष आवाज

लेखकबाट थप

प्रतिक्रिया

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

भर्खरै

  • रसुवामा बाढीबाट ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली
  • व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना
  • रसुवा बाढीपीडितका लागि कञ्चनपुरका समाजसेवी मौनीले गरे एक लाख सहयोग
  • रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग
  • रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन
  • सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित
  • कञ्चनपुरमा ३ लाख ७८ हजार बराबरको सामान बरामद
  • उत्तराखण्ड मुक्त विश्वविद्यालयको तीनदिने नेपाल प्रचार–प्रसार भ्रमण कञ्चनपुरमा सम्पन्न

ट्रेन्डिङ

  1. १. नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो
  2. २. तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोग
  3. ३. नेपाली महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनौटमा
  4. ४. पुषे १५ अर्थात (पुषको १५ गते)
  5. ५. Best Model Of The Year-2079 अवार्ड “ए साईली” बाट अंशलाई
  6. ६. साधारण स्कुलको वार्षिक उत्सव सम्पन्न
  7. ७. निर्माणमा व्यस्त महेन्द्रनगर बजार
  8. ८. नयाँ वर्षको उपहार , ६ बलमा ६ छक्का, क्रीकेट नेपाल

छुटाउनुभयो कि ?

रसुवा बाढीपीडितका लागि कञ्चनपुरका समाजसेवी मौनीले गरे एक लाख सहयोग रसुवा बाढीपीडितका लागि कञ्चनपुरका समाजसेवी मौनीले गरे एक लाख सहयोग
रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन
दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना
सत्ता खिचाँतानीमा सुदूरपश्चिम: बजेट पास नहुँदा ‘आर्थिक शून्य’मा प्रदेश, नयाँ सरकार गठनमा अझैँ अन्यौल सत्ता खिचाँतानीमा सुदूरपश्चिम: बजेट पास नहुँदा ‘आर्थिक शून्य’मा प्रदेश, नयाँ सरकार गठनमा अझैँ अन्यौल
श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी
विद्युत लाइन व्यवस्थापन गर्न मझगाउँ विमानस्थल सञ्चालन समितिको आग्रह विद्युत लाइन व्यवस्थापन गर्न मझगाउँ विमानस्थल सञ्चालन समितिको आग्रह
Nispaksha Awaj

निश्पक्ष आवाज प्रा. लि.

  • अध्यक्ष: श्रीमती निर्मला जोशी
  • सञ्चालक: श्रीमती दक्षिणा कुमारी बम
  • सम्पादक: श्री राज बहादुर चन्द
  • भीमदत्त–१०, महेन्द्रनगर, कञ्चनपुर
  • सम्पर्क: ९७४२३७९३३३
  • इमेल: info@nispakshawaj.com
समाचार विधा
  • समाचार
  • राजनिती
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा / साहित्य
  • व्यवसाय
  • स्थानीय तह/ विकास
  • भिडियो
उपयोगी लिंक
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापनको लागि
  • गोपनीयता नीति
  • सर्त तथा नियम
हामीलाई फलो गर्नुहोस्

सूचना विभाग दर्ता नं.: ३७१७

Nispaksha Awaj

© २०२६ निश्पक्ष आवाज प्रा. लि. । सर्वाधिकार सुरक्षित।