२५ जेठ २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

बझाङ्ग:

समुद्री सतह देखि ९०० मिटर देखि ७०३५ मिटर सम्म उचाईमा रहेको मनोरम दृश्यहरुले मनै लोभ्याउने पश्चिम नेपालको हिमाली जिल्ला बझाङ्ग प्राकृतिक रुपमा निकै सुन्दर जिल्ला हो । नेपालको ईतिहासमा बझाङ्ग जिल्ला र बझाङ्गबासीहरुको नाम महत्वपुर्ण स्थानमा रहेको पाइन्छ । आफ्नै अलगै भाषा, भेषभुषा, रितिरिवाज, चाडपर्व रहेको बझाङ्ग जिल्ला प्राकृतिक रुपमा भरिपुर्ण जिल्लाका रुपमा आफुलाई चिनाउदै आएको छ ।

१२ वटा स्थानिय तह रहेको यो जिल्लामा २ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन भने विश्वमै परिचित खप्तड राष्ट्रिय निकुञ्जको केहि भाग समेत यस जिल्लामा पर्दछ । पर्यटन क्षेत्रका रुपमा विकसित खप्तड राष्ट्रिय निकुञ्ज जादा बिच बाटोमा पर्ने खप्तडछान्ना गाउँपालिकाको प्राकृतिक मनोरम दृश्य समेत अवलोकन गरी आनन्द लिन सकिन्छ ।

खप्तडछान्ना गाउँपालिकामा पर्यटनलाई थप बलियो बनाउनका लागी यस क्षेत्रका स्थानियहरुले होमस्टे व्यवसायहरु होटल व्यवसायहरु लगायत पर्यटन क्षेत्र संग सम्बन्धित व्यवसायहरुमा संचालन गरिरहेका पाईन्छन ।  

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

नेपाल तथा विदेशका जुनसुकै स्थानहरुबाट सजिलै पुग्न सकिने पर्यटकिय क्षेत्रका रुपमा विकास हुदै गईरहेको उक्त क्षेत्रमा प्राय मानिसहरु खप्तड राष्ट्रिय निकुञ्ज घुम्नको लागी आउने गरेका पाईन्छन । खप्तडछान्ना गाउँपालिकाले समेत पर्यटन क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । पालिकाले संचालनमा रहेका ७ वटा होमस्टेहरुलाई तालिमको व्यवस्थाका साथै विभिन्न भाडाकुडाँहरु सहयोग तथा खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटोमा सुचनाकेन्द्रको स्थापना गरी पर्यटकहरुलाई सहयोग गरिरहेको बताउछन, खप्तडछान्ना गाउँपालिकाका सुचना प्रविधि  अधिकृत महेश कुमार खत्री ।