२२ जेठ २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

काठमाण्डौ : नेपालको इतिहासमा पहिलो पटक पुर्वप्रधानमन्त्री माथी भ्रष्टाचार मुद्दा दायर भएको छ । पुर्व प्रधानमन्त्री तथा ने क पा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल बाहेक अन्यका हकमा भने विगो रकम फरक फरक छ ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ । यससँगै नेपाल भ्रष्टाचार मुद्दा लाग्ने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन् भने उनको सान्सद पद समेत निलम्बनमा परेको छ ।  यसअघि हालसम्मकै कुनै पनि प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको रेकर्ड छैन। अख्तियार स्रोतका अनुसार पतञ्जलीको जग्गा बेच्न प्रस्ताव अघि बढाउन मन्त्री डम्बर श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको लिखित तथ्य अनुसन्धानमा फेला परेको छ ।

२०७९ मङ्सिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका २७५ सदस्यहरूमध्ये  ४ सांसद निलम्बनमा परेका हुन् ।  यसअघि सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति प्रतिनिधिसभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि २०८१ पुस ८ गतेदेखि निलम्बनमा छन् ।  नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०८० असार एक गतेदेखि निलम्बनमा छन् ।  सहकारीको बचत अनियमितताको आरोप लागेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् ।