काठमाण्डौ
१८ जेठ २०८२
नेपाल आयल निगमलले डिजेल तथा पेट्रोलको मुल्य वृद्धि गरेको छ । प्राधिकरणले भारतबाट १७ जेठ २०८२ का दिन आयात भएको पेट्रोलियम पदार्थको नयाँ खरिद अनुसार प्रति लिटर पेट्रोलमा रु २/११ ले र डिजेलमा १/०९ ले बढेर आएको तथा हवाई ईन्धनमा रु२/५७ ले घटेर आएको हुदा पेट्रोल ,डिजल तथा हवाई ईन्धनको नयाँ मुल्य सुची जेठ १८ गते ००:०१ बजे देखि लागु हुने गरी प्रकाशित गरेको हो ।
नयाँ सुची अनुसार पेट्रोलमा प्रति लिटर रु. २/०० तथा डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. १/०० का दरले मुल्य बढाईएको जानकारी विज्ञप्ती अनुसार गराईएको छ । हवाई ईन्धनमा भने निगमले मुल्य घटाएको छ ।
