१५ जेठ २०८२
काठमाण्डौ
◉ विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था
◉ खेलकुदमा ६ अर्ब ८ करोड जुन विगत वर्ष भन्दा २ करोड ५८ लाख रुपैया विनियोजन
◉ वन तथा वातावरण मन्त्रायलका लागि १८ अर्ब ६१ करोड विनियोजन गरेको छ ।
◉ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५३ अर्ब रुपैयाँ विनियोजन गर्ने ।
◉ वृद्ध भत्ता पाउने उमेर ७० वर्ष
◉ कर्णाली कोरिडोरलाई १ अर्ब २७ करोड
◉ सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस दिने
◉ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने
◉ रोबटिक प्रविधिबाट स्वास्थ्य सेवा दिइने
◉ जडीबुटी कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ।
◉ कर्मचारीलाई ५ हजार महङ्गी भत्ता तलब बढेन ।
◉ रासयनिक मल किन्न २८ अर्ब विनियोजन ।
◉ चालू आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धि ।
◉ वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने ।
◉ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३अर्ब २८ करोड
◉ १९ खर्ब ६४ अर्बको नजेट मध्ये बजेट बेहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने। वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने ।
