सुदुरपश्चिम प्रदेश 

०६ पुस २०८१ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

NPL फाइनल खेल सुदुरपश्चिम रोयल्स विरुद्द जनकपुर बोल्टसका बिच टि यु क्रीकेट मैदानमा सम्पन्न भएको छ ।सुदुरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै २० ओभर खेल्दै १८४ रन बनाएको थियो । १८४ रन बनाउने क्रममा रोयल्सका लागी ओपनर बिनोद भण्डारी र  सेफ जेबले शतकिय साझेदारी गरेका थिए ।  सेफ जेबले ६९ रनको इनिङ खेल्दा भण्डारी भने ४१ रनमा आउट भए । यी दुई खेलाडी बाहेक अन्य कुनै खेलाडीले भने राम्रो खेल देखाउन नसक्दा रोयल्सले शुरुवात अनुरुप स्कोर खडा गर्न सकेनन । जनकपुरका लागी किशोर महतो तथा मोहम्मद मोसिनले ३/३ विकेट लिए । 

 १८५ रनको लक्ष्य पक्ष्याएको जनकपुरका लागी सुरुवात राम्रो रहयो , जनकपुरका लागी शुरुवाती ६ ओभरमा ७१ रनको ठोस शुरुवात गरेका ब्याटरहरुले ७३ रनको ओपनिङ्ग पाटनरसिप समेत गरे । पहिलो विकेटका रुपमा जनकपुरका कप्तान आसिफ शेख लाई ७ औ ओभरमा जेबले क्याच आउट गराए । अर्का ओपनर मलिन्थाले भने आफ्नो रन बनाउने गति कायमनै राखे । उनको एक्लैको ब्याटिङले जनकपुरलाइ जित सम्म पुर्‍याउन अहम भुमिका खेलेको थियो । मलिन्थाले आफ्नो इनिङमा ८७ रनको पारी खेलेका थिए । 

रोयल्सका कुनै पनि बलरहरुले राम्रो बलिङ गर्न सकेनन। सेफ जेब , इशान पाण्डे, दिपेन्द्र र कुगलाइनले  समान १/१ विकेट लिदा दिपेन्द्र भने ब्याटिङ ,बलिङ तथा फिल्डिङ तिनवटै क्षेत्रमा असफल रहे । जनकपुरले उपाधी उचाल्ने खेलमा रोयल्सलाइ ५ विकेटले पराजित गर्दै अन्तिम ओभरमा जित निकाल्न सफल भयो । 

जित सङ्गै जनकपुर बोल्टस पहिलो नेपाल प्रीमियर लिगको बिजेता हुँदै ट्रफी उचाल्यो भने लगातार राम्रो खेल देखाउदै उपबिजेतामा चित्त बुझाएको थियो । नेपाल प्रीमियर लिगमा सबै भन्दा बढी रन बनाउने खेलाडीमा जनकपुर बोल्टसका मलिन्था रहे भने सबै भन्दा बढी विकेट लिने जनकपुरकै ललित राजवन्शी तथा  सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो राम्रो खेलको लागी गाडी पुरुस्कार पाएका छन ।