सुदुरपश्चिम प्रदेश , डडेल्धुरा 

२० भदौ २०८१ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आलिताल गाउँ पालिका ०८ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयको भवनको निर्माण भइसकेको करिब १५ बर्ष पछि उदघाटन भएको छ । बुधबार नेपालका लागी भारतिय राजदुत नवीन श्रीवास्तवले विद्यालयको  उद्घाटन गरेका हुन ।  कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपालका लागी भारतिय राजदुतले विद्यालयले गरेका बिभिन्न कार्यक्रमका बिच बिधिवत रुपमा  विद्यालय उदघाटन गरेका हुन । 

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा आलीताल गाउँ पालिका वडा न ८ का अध्यक्ष धन ब देउवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी र आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की रहेका थिए ।  उद्घाटन कार्यक्रमकै बिच कार्यक्रमका अध्यक्ष तथा श्री दुर्गा मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर देउवाले प्रमुख अतिथी श्रीवास्तवलाइ  विद्यालयमा आउदा दिनहरुमा समेत सहयोगको लागी  ज्ञापनपत्र समेत बुझाएको।

कार्यक्रममा विद्यालयमा प्रयाप्त पुस्तकहरुले सुसज्जित पुस्तकालय, विद्यार्थीहरुका लागी २ वटा ४५ सिट भएको स्कूल बस, छात्र तथा छात्राहरुको लागी  छात्रावास ,विज्ञान र आईसीटी प्रयोगशाला लगायतका आवश्यकता देखाउदै ज्ञापनपत्र बुझाएका थिए ।