बैतडी 

७ भदौ २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपाल लाइफ इन्स्योरेन्सको सुदूरपश्चिम प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका-५ दशरथचन्द माध्यमिक विद्यालय सुन्दरखालीमा अध्ययनरत कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूलाइ विद्यालय झोला र शैक्षिक सामग्री ८ देखि १२ सम्मका विद्यार्थीहरूलाइ  शैक्षिक सामग्री कपि वितरण गरेको हो ।

विद्यार्थीहरूलाइ १०० विद्यालय झोला र ६०० शैक्षिक सामग्री कपि वितरण गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बैतडी शाखा प्रमुख प्रकाश जोशीले बताउनुभयो । विद्यालयमा पुगेर शैक्षिक सामग्रीका रूपमा झोला र शैक्षिक सामग्री कपि वितरण गरेको नेपाल लाइफ इन्स्योरेन्सका बैतडी शाखा प्रमुख जोशीले बताए ।

विद्यार्थीको शैक्षिक गुणस्तरका लागि इन्स्योरेन्सले विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको र सोही क्रममा विद्यार्थीलाई विद्यालय झोला र शैक्षिक सामग्री कपि वितरण गरिएको इन्स्योरेन्सका एजेन्सी मनेजर  तर्क राज पाण्डेले जानकारी दिए ।  

वि व्य स अध्यक्ष पार्वती चन्द नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख दिपक राज भट्ट विद्यालयका शिक्षक कर्मचारी मार्फत विद्यार्थीहरूलाइ झोला र शैक्षिक सामग्री कपि हस्तान्तरण गरेको हो । 

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्रीसमेत आवश्यक हुने भएकाले इन्स्योरेन्सले झोलालगायतका सामग्री वितरण गर्दै आएको इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भट्टको भनाइ छ ।

सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार र कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्यालयमा विद्यार्थीहरूलाइ झोला र शैक्षिक सामग्री कपिको आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको हो ।