धनगढी, २०८१ आषाढ ७

हिजो कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको चटकपुरको सौराइ पार्टी प्यालेसको हलमा राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र काठमाडौ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको विशेष उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा उपस्थित विशेष अतिथिहरुमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी एन जोशी, कैलाली जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र, कैलाली जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, पत्रकार, विद्यार्थीहरु, राष्ट्रिय बाल चलचित्रका प्रतिनिधिहरु, र स्थानीय कलाकारहरु रहेका थिए।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

प्रमुख अतिथि शर्माले पानसमा बत्ती बालेर “शिलाबाला” बाल चलचित्र प्रस्तुत गर्दै राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ को उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मन्त्री शर्माले बालबालिकाको सर्वांगीण विकासको लागि राष्ट्रिय बाल चलचित्र महोत्सवको आयोजनाको महत्वबारे बताउनुभयो। उहाँले बालबालिकाको क्षमता र प्रतिभा विकास गर्न यस कार्यक्रमलाई सबै प्रदेशमा लागू गर्ने योजना रहेको समेत जानकारी दिनुभयो।

मन्त्री शर्माले चलचित्र मार्फत समाज र शिक्षामा बालबालिकाको पहुँच पुर्याउने उद्देश्य रहेको र यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले यो महोत्सवले बालबालिकालाई समाज परिवर्तनको माध्यमको रुपमा भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा बालबालिकाको उत्कृष्ट प्रस्तुति रहेको र यसले उनीहरुको कला र प्रतिभा प्रदर्शन गर्न महत्वपूर्ण योगदान दिने बताउनुभयो। राज्य र मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो।


चलचित्र विकास बोर्डले आयोजना गरेको यो दोस्रो संस्करण हो। यसअघि पहिलो संस्करण लुम्बिनी प्रदेशको दाङमा सम्पन्न भएको थियो। चलचित्र विकास बोर्डले बालबालिकाको कला तथा चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट योगदान पुर्‍याइरहेको छ । यस महोत्सवले बालबालिकालाई चलचित्र तथा बाल चलचित्रबारे जानकारी दिने र तिनले समाजमा पार्न सक्ने प्रभावको महत्त्व बुझाउनुका साथै बाल कलाकारहरुलाई कला प्रदर्शन गर्ने माध्यम उपलब्ध गराउन मद्दत गर्नेछ।