बैतडी,

असार १ गते शनिबार राति, बैतडीको पाटन नगरपालिका-६ मा ४५ वर्षीय विरभान सिंह विष्ट २६ वर्षीया एकल महिला तथा सहस्त्रलिङ्ग प्राथमिक राहत शिक्षिका भागरथी बिष्टको घरमा गए। पुरानै चिनजान भएकाले विरभान बिष्टलाई के थाहा थियो त्यो रात उनको अन्तिम रात हुनेछ भन्ने कुरा।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विरभानले केहि अपशब्द प्रयोग गरेपछि, भागरथीले सहन नसकी सल्लाको चिरपटले उनीमाथि निरन्तर प्रहार गरिन् र अन्ततः उनको हत्या गरिन्। आइतबार मध्यरातसम्म भागरथीले शवलाई प्लास्टिकमा बेरेर लुकाएर राखिन्। शव व्यवस्थापन गर्न नसक्ने भएकाले उनले पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईको सहयोगमा शवलाई सडकसम्म घिसारेर लगे।

पाटन-६ का ३० वर्षीय आशिष पहराको सहयोगमा शवलाई अटोमा हालेर पाटन-पञ्चेश्वर सडक खण्डको घाङल खोलामा फालियो। स्थानीयहरूले सोमबार बिहान खेतको बाटो हुँदै सडकसम्म रगत देखेपछि पाटन प्रहरीलाई खबर गरे।

विरभानका भाइले भागरथीविरुद्ध उजुरी दिएपछि प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा इलाका प्रहरी कार्यालय पाटनबाट टोली भागरथीलाई सोधपुछका लागि लगे। लामो सोधपुछपछि भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिन् र शव व्यवस्थापनमा संलग्न अन्य व्यक्तिहरूको नाम बताइन्।

राजेन्द्र र किशोरले मेलौलीदेखि धनगढी जाने बसमा चढेर भाग्न खोज्दा डडेल्धुराबाट पक्राउ गरिए। आशिष पहरा अझै फरार थिए र उनलाई आज बिहान मात्रै प्रहरीले समात्न सकेको थियो। मृतक विरभानको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको भए तापनी आफन्तहरूले शव बुझेर अन्तिम संस्कारको तयारी गरे। जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।