घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै दिएको २७५ रनको लक्ष्यलाई पछ्याउँदै नेपालले ३ ओभर बाकी छदा ७ विकेटको क्षतिमा भेटाएको हो । स्कटल्याण्डका माइकल लिस्कले ८५ बलमा उत्कृष्ट १०७ रनको पारी खेल्दा पुर्व कप्तान संदिप लामिछानेले १० ओभर बलिङ्ग गर्दै २७ रन खर्चिदै ३ विकेट लिएका थिए ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपालको तर्फबाट अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ५ ओभर बलिङ्ग गर्दा २५ रन खर्चेर १ विकेट लिएका थिए भने ८ चौका तथा१ छक्का प्रहार गर्दै अजिवित ८५ रनको पारी खेल्दै नेपाललाई खेलमा फर्काएका थिए ।