काठमाण्डौ, ०९ असोज २०८३-​एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

​

​टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका लागि एफ. खानले ३३ बलमा ३० रन र एन. जादरानले ४० बलमा ३० रन बनाए। त्यस्तै एन. खारोटे १७ रनमा अविजित रहे।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​नेपालका लागि कशल भुर्तेल र ललित राजवंशीले घातक बलिङ गरे। कुशल भुर्तेलले ४ ओभरमा १ मेडनसहित २१ रन दिएर सर्वाधिक ४ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा १३ रन खर्चिँदै ३ विकेट चटकाए।

​

​१०३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने खराब रह्यो। ओपनर कुशल भुर्तेल (०) र आसिफ शेख (२) सस्तैमा आउट भए। त्यसपछि सन्दीप जोरा र रोहित पौडेलले नेपाली पारिलाई सम्हाले।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

​सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतले ३४ रनको योगदान दिए। कप्तान रोहित पौडेल ३२ बलमा ३३ रन बनाएर अविजित रहे। दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए भने गुल्शन झा १ रनमा अविजित रहे। नेपालले १६ बल बाँकी छँदै ५ विकेटको क्षतिमा १०३ रन बनाएर जित सुनिश्चित गर्‍यो।