भदौ २८ गते आईतबार दिउँसो सर्पको टोकाईबाट मृत्यु भएकी भिमदत्त नगरपालिका-१० कि संगिता बडु बारे समाचार निश्पक्ष आवाज अनलाइनको वेबसाईटमा प्रकाशित गरिएकोमा अस्पताल पक्षबाट प्राप्त जानकारी अनुसार बनाईएको तथा मृतक बडुका आफन्तहरुबाट अस्पतालले दिएका उक्त जानकारीहरु गलत रहेको दाबी पश्चात् वेबसाईटबाट समाचार हटाएको जानकारी गराउदै पाठकवर्गमा यसप्रती दुविधा पर्न जाने भएकोमा सम्पुर्ण निश्पक्ष आवाज परिवार क्षमायाचन गर्दछौ।
कुनैपनि मिडियाको समाचारबाट कुनै पक्षलाई पीडा दिने उदेश्य नहुने भएको हुदा प्रकाशित समाचारले आफन्त गुमाएर पिडामा रहेका व्यक्तीहरुबाट आपत्ती आउनुले नजिकबाट उक्त घटना बुझ्ने तथा केही समय पश्चात् दुई पक्षका तर्क सहित समाचार प्रकाशित गराउने समेत जानकारी गराउदछौ।