कञ्चनपुर, २३ भदौ २०८३ – ‘जेन–जी स्मृति दिवस’को अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा दीप प्रज्वलन गरी दिवंगत युवाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।

युवा एकता, सामाजिक जिम्मेवारी र सकारात्मक परिवर्तनको सन्देशसहित आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदानको स्मरण गरेका थिए।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सामाजिक अभियन्ता सुजित श्रेष्ठका अनुसार युवाहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले उठाएका सामाजिक तथा परिवर्तनका मुद्दालाई निरन्तर अघि बढाउने उद्देश्यले स्मृति दिवस मनाइएको हो।

गत वर्ष २०८२ भदौ २३ गते काठमाडौँमा सुरु भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली चल्दा केही युवाले ज्यान गुमाएका थिए। उक्त घटनाको एक वर्ष पुगेको अवसरमा देशका विभिन्न स्थानमा दिवंगत युवाहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ।

महेन्द्र स्मारकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना र योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।