कञ्चनपुर, २३ भदौ २०८३ – नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।

नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा २०८३ भदौ २३ गते आज दिउँसो अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो। भेलाको उद्देश्य पार्टीको आसन्न १५औँ महाधिवेशनका सन्दर्भमा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताबीच छलफल तथा आवश्यक तयारीलाई अघि बढाउनु रहेको थियो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सन्तोषी ऐर लगायत नेपाली काङ्ग्रेसबाट सुदुरपश्चिम प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यहरु, कञ्चनपुरका विभिन्न पालिकाका प्रमुखहरु लगायत नेपाली काङ्ग्रेस कञ्चनपुरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो। 

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली काङ्ग्रेसले विगतमा गरेका कामहरु तथा पार्टीका आगामी चुनौतीहरुबारे बताएका थिए भने अहिले नेपाली काङ्ग्रेस भित्र चलिरहेको आन्तरिक समस्या समेत समाधान हुनुपर्नेमा जोड दिएका थिए।