कञ्चनपुर, २२ भदौ २०८३ – महाकाली नदीमा टिकटक भिडियो बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसो करिब १२ बजे दोधारा चाँदनी नगरपालिका–१०, खड्खडेस्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा स्थानीय १५ वर्षीया श्रृष्टि सुनार नदीमा बगेर बेपत्ता भएकी हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्रहरी चौकी बाबाथानबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता किशोरीको खोजी कार्य जारी राखेको जनाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

प्रहरीका अनुसार घटनाबारे थप विवरण तथा किशोरीको अवस्था खोजीपछि मात्र यकिन हुने बताइएको छ।