कञ्चनपुर, १४ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८८ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. किशन दत्त भट्टले आफ्नो एक महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयका अनुसार उपकुलपतिसहित विश्वविद्यालय र मातहतका निकायमा कार्यरत विभिन्न पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट समेत रकम संकलन गरी करिब ८८ लाख रुपैयाँ कोषमा जम्मा गरिनेछ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जारी गरेको सूचनामा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूको भदौ महिनाको मासिक पारिश्रमिक/तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको हो।

सूचनाअनुसार उपकुलपतिले एक महिनाको तलब बराबर, प्राध्यापक, सह–प्राध्यापक, सह–प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीले १० दिनको तलब, उप–प्राध्यापक, उप–प्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहले ७ दिनको तलब, मुख्य सहायक/सहायक वा सो सरहले ५ दिनको तलब तथा श्रेणीविहीन कर्मचारीले २ दिनको तलब योगदान गर्ने निर्णय गरिएको छ।

विश्वविद्यालयले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com