क्रीकेट विशेष, जेठ- १८, ईण्डियन प्रीमियर लिग (आईपिएल) – २०२६ को संस्करण हिजो राती सम्पन्न भएको छ। यो बर्षभरिको आईपिएलमा १५ बर्षिय खेलाडी वैभव सुर्यवन्सीको खेलको चर्चा ट्रफी जित्ने टीम भन्दापनि बढी रह्यो। 

भारतिय टीमका पुर्व कप्तान विराट कोहलीको टीम आरसिबी तथा भारतिय ओडिआई वर्तमान कप्तान शुभमन गिलको टीम गुजरात बिच आईतवार  राती भएको खेलमा आरसिबीले १२ बल शेष रहदा गुजरातले दिएको १५६ रनको लक्ष्य ५ विकेटको क्षतिमा पूरा गर्‍यो। 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आरसिबिको जितमा उसको लागि भेट्रान खेलाडी विराट कोहलीको सबै भन्दा ठूलो योगदान रहयो उनले ४२ बलमा ७५ रनको ईनिङ खेल्दै अजिवित रहे। 

आरसिबिले जित संगै आफ्नो दोस्रो ट्रफी हात पार्‍यो, तर फाईनलको ट्रफी वितरण समारोहमा सबैको नजर राजिस्थान रोयल्सका १५ वर्षिय ओपनर ब्याटर वैभव सुर्यवन्सीमा रह्यो। उनले गत बर्षको आईपिएलमा केही म्याचमात्र खेलेका भए पनि अर्को बर्ष आफ्नो नामको तुफान आउने निश्चित गरिसकेका थिए।

यो सिजनको आईपिएलमा सबैभन्दा बढी रन बनाउने रेकर्ड, यो आईपिएलमा मात्र नभई आज सम्मका आईपिएलहरुमा सबैभन्दा बढि छ्क्का हान्ने रेकर्ड, मोष्ट भ्यालुवल खेलाडीको रेकर्ड, सबै भन्दा बढी स्ट्राइकरको रेकर्ड लगायत सबैमा वैभव सुर्यवन्शीको नाममा रह्यो। 

विश्व क्रीकेटका हस्तिहरुले समेत वैभवलाई बधाई दिदै भारतिय टीमबाट चाडैनै अन्तरास्ट्रिय क्रीकेटमा देखिने राईजिङ स्टारको नाम दिए। लामो समय भारतिय क्रीकेटमा रहेका पुर्व कप्तान सचिनले समेत ट्वीट गर्दै वैभवको खेलको तारिफ गरे।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com