कञ्चनपुर, जेठ १२ । भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको भन्दै भि.न.पा.- ०३ भासीमा रहेको ईन्टरनेशनल पब्लिक स्कुल सहित भिमदत्त नगरपालिका भित्रका २२ वटा विद्यालयहरुसँग स्पष्टीकरण माग गरेको छ।

नगर कार्यपालिकाको शिक्षा शाखाले जारी गरेको पत्र अनुसार हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यालयहरूको अनुरोधमा जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिनका लागि बिदा दिने सूचना प्रकाशित गरिएको थियो। 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नगरपालिकाको सूचनालाई बेवास्ता गर्दै केही विद्यालयहरूले पठनपाठन सञ्चालन गरेको भन्ने गुनासो प्राप्त भएपछि नगरपालिकाले सम्बन्धित विद्यालयसँग लिखित स्पष्टीकरण माग गरेको हो।

नगरपालिकाले “बिदा सम्बन्धी सूचनाको अवज्ञा गरी विद्यालय सञ्चालन गरिएको हो वा होइन?”, “यदि सञ्चालन गरिएको हो भने किन गरिएको हो?” र “अन्य विद्यालयहरू बिदामा रहेको अवस्थामा ती विद्यालयहरूले पठनपाठन सञ्चालन गर्नुको कारण के हो?” भन्ने विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएको छ।

नगरपालिकाले पत्रमा दुई दिनभित्र कार्यालयमा लिखित जानकारी पेश गर्न आग्रह गरेको छ। साथै, सूचीमा नपरेका अन्य विद्यालयहरूले पनि बिदाको समयमा विद्यालय सञ्चालन गरेको भए स्वेच्छाले स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ।

स्पष्टीकरण माग गरिएका विद्यालयहरूमा संस्थागत तथा सामुदायिक दुवै प्रकृतिका विद्यालय समावेश छन्।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

नगरपालिकाको उक्त कदमलाई विद्यार्थीको स्वास्थ्य सुरक्षासँग जोडेर हेरिएको छ। पछिल्ला दिनहरूमा कञ्चनपुरसहित तराई क्षेत्रमा तापक्रम अत्यधिक बढ्दै गएको छ, जसका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै स्थानीय तहहरूले सतर्कता अपनाउन थालेका छन्।