कञ्चनपुर -जेठ ०२,  कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको एक बृद्धाआश्रममा फलफुल तथा खाद्यान्न वितरण गरेका छन । पञ्चेश्वर मल्टिपर्पोज प्रा.लि. तथा भु सेवा केन्द्रका संचालक समेत रहेका चन्दले आफु ठुलो दुर्घटनाबाट जोगिएको हुदा अग्रजहरुको आर्शिवाद सदा रहि रहोस भन्ने हेतुले बेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा बृद्धाआश्रम सेवा समितिमा खाद्यान्न सहयोग गरेका हुन । 

समाजिक कार्यमा अग्रसर रहने चन्दले व्यक्तिगत तथा सामुहिक रुपमा  यस  पुर्व आश्रमा सहयोग कार्यक्रममा सहभागी भईसकेको बताउदै आफुलाई असाह दिनदुखीहरुको सेवामा सहभागी हुन पाउदा खुशी लागेको बताएका छन । 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

बैशाख २५ गते शुक्रबारको दिन छिमेकी नाता पर्ने जानकी देवी चन्दलाई धनगढी अस्पताल लैजादै गर्दा बेदकोट ०९ सुन्दरपुर हाईवेमा टिपरसंग मोटरसाईलक ठोक्कीदा दुर्घटनामा पर्नु भएको थियो । उक्त सडक दुर्घटना ठुलो क्षती नभई सामान्य चोटपटक लागेपछि त्यसमा औषधि उपचार खर्च आफैले व्यहोरेका थिए । सोहि ठाउँका स्थानिय सवारी धनी राजेश रानासंग मिलापत्र गर्दा आफ्नो औषधि उपचार भन्दा बृदाश्रममा केहि सहयोग गर्न सकिन्छ भने गर्न अनुरोध गरेका थिए । यस्तै सडक दृर्घटनामा सामान्य चोटपटक लाग्दा कसैले ठुलो सवारी धनीहरुलाई चाहिने भन्दा बढि आर्थिक भार थुपार्ने परिपाटी रहेको स्मरण गर्दै यस्तो समझदारीमा पनि समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको चन्दले बताए । 

यसैगरी सवारी धनी रानाले चन्दको प्रस्तावलाई सहजै स्विकार गर्दै आफ्नो पनी ग्रहदशा अन्त्य हुने बृदाश्रममा सेवा गर्ने मौका पाएकोमा धेरै खुशी भएको बताए । 

चन्द र रानाको समाजिक सेवा भावनाले आश्रममा फलफुल तथा खाद्य सामग्री पाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन । दुबै जना ठुलै दुर्घटनाबाट जोगीएको भन्दै लामो आयुको कामना गर्दै जेष्ठ नागरिकहरुले आर्शिवाद दिएका थिए । उक्त सामाग्री वितरण कार्यक्रममा समितिका उपाध्यक्ष माेहन बहादुर चन्द, राजेन्द्र प्रसाद जाेशी, गणेश सिंह भण्डारी, राजेन्द्र चन्द, रबिन्द्र चन्द, बिर सिंह बिष्ट लगायतकाे सहभागिता रहेको थियो भने कलाकर्मी तथा समाजसेवी चन्दले आगामी दिनमा पनि बृद्धआश्रम सहित जेष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन ।