कञ्चनपुर, जेठ-१ — निर्माण व्यवसायी संघ कञ्चनपुरले हाल देशभर देखिएको विषम आर्थिक परिस्थितिका कारण निर्माण व्यवसाय गम्भीर संकटमा परेको जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै पुरानो इष्टिमेट र दररेटमा निर्माण कार्य सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरेको हो।

संघका अध्यक्ष पुष्पराज अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालको मूल्यवृद्धि र आर्थिक असन्तुलनका कारण व्यवसायीहरू घाटामा गई आर्थिक रूपमा धराशायी बन्ने अवस्था आएको जनाइएको भन्दै पुर्वाधार बिकास कार्यालय तथा सडक डिभिजन कार्यालय कंचनपुरलाई विज्ञप्ती बुझाएको हो। 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विज्ञप्ती मार्फत यस्तो परिस्थितिमा निर्माण व्यवसायीहरू निर्माण कार्यमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको संघको भनाइ छ।

संघले निर्माण व्यवसायीहरू अहिले चरम आर्थिक तथा मानसिक दबाबमा रहेको उल्लेख गर्दै सरकारसँग कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा सरकारले समयमै मूल्य समायोजनको निर्णय नगरेकाले निर्माण कार्य ठप्प हुने अवस्था आएको दाबी गरिएको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको चेतावनी छ।

त्यस्तै, हालको परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसक्ने भन्दै संघले बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा थप क्षतिपूर्ति सहित आयोजनाहरूको आवश्यक म्याद थप र बजेट व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com