ब्रेकिङ न्युज


‎नयाँदिल्ली, ६ बैशाख, २०८३ सुदूरपश्चिम धनगढीकी युवा साहित्यकार तारा पल्लवीलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ ।
‎भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय याेगदान पुर्‍याएकोमा उनलाई ‘भारत-नेपाल मैत्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा उनी सम्मानित भएकी हुन् ।

आइतबार दिल्ली विश्वविद्यालयअन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो । भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा उनलाई बरिस्ठ साहित्यकार डा.सन्जय जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र माेडल ज्याेति झुल्का, डा. राजरानी  भल्लाले सम्मानित गरेका थिए । साहित्यकार पल्लवीका सयौं लेखरचना प्रकाशित तथा प्रसारित छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय र पेशाले शिक्षक रहेकी साहित्यकार पल्लवी विभिन्न साहित्यिक संघसंस्था बाट सम्मानित भैसकेकी छन् ।




जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: