चैत्र-२३ / कञ्चनपुर — मुक्त कमैया समाज कृष्णपुर, कंचनपुरले मुक्त कमैयाहरूको पुनःस्थापना, सामाजिक विकास तथा आधारभूत आवश्यकताहरू सम्बोधन गर्न माग गर्दै कृष्णपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आज बिहान नगरपालिकालाई पेश गरेको उक्त ज्ञापनपत्रमा राज्यले कमैया प्रथा अन्त्य गरी मुक्त घोषणा गरेको २५ वर्ष बितिसक्दा पनि धेरै मुक्त कमैयाहरू अझै उचित पुनःस्थापना, आवास, रोजगारी र आधारभूत सेवाबाट वञ्चित रहेको उल्लेख गरिएको छ। संघीय सरकारले कमैया श्रम ऐन, २०५८ तथा पुनःस्थापना नियमावली लागू गरे पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको गुनासो पत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा स्थानीय तहले स्पष्ट कार्यविधि निर्माण गरी मुक्त कमैयाहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने माग गरिएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा मुक्त कमैयाको पुनःस्थापना तथा सामाजिक विकासका लागि बजेट विनियोजन गर्न पनि आग्रह गरिएको छ।

मुक्त कमैया समाजले सीप विकास तालिम (कम्प्युटर तालिम लगायत), उद्यमशीलता विकास, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, स्वास्थ्य बीमा, तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएको छ। जग्गा समस्याको समाधान, लालपुर्जा वितरण तथा बस्ती विकासका कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा मुक्त कमैया बस्तीमा आधारभूत पूर्वाधार विकासका लागि सडक, विद्युत् विस्तार, खानेपानी, सिंचाइ, आवास निर्माण सहयोग र व्यावसायिक पशुपालन तथा बाख्रापालनमा सहयोग गर्नुपर्ने माग समावेश गरिएको छ। साथै महिलाहरूका लागि सिलाइकटाइ तालिम, युवा क्लबका लागि भवन निर्माण, तथा सामुदायिक भवन निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

यसैगरी, प्रत्येक मुक्त कमैया बस्तीमा कार्यक्रम सञ्चालन तथा बैठकका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने र कमैया मुक्ति दिवसका अवसरमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग पनि गरिएको छ।

मुक्त कमैया समाजले आफ्ना मागहरू सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।