१९ फागुन, २०८२

महेन्द्रनगर: कञ्चनपुरको पूर्व-पश्चिम राजमार्गमा फेला परेका शंकास्पद झोलाभित्र कपडा, जुत्ता, चप्पललगायतका सामान भेटिएको छ। मंगलबार बिहान कृष्णपुर नगरपालिका-२ बाणीस्थित पूर्व-पश्चिम राजमार्गमा २ वटा शंकास्पद अवस्थामा झोला भेटिएको थियो।

https://www.facebook.com/share/v/1DL8gEPL9X

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले लुगा लगायतका सामग्री भेटिएको बताए। राजमार्गमा झोलाहरु भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको थियो।