०७ फागुन, २०८२ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर : महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीको १९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। सुदूरपश्चिमकै शैक्षिक क्षेत्रमा पहिचान बनाउँदै आएको विद्यालयले यस वर्षपनि विविध कार्यक्रम, सम्मान तथा सामाजिक उत्तरदायित्वका गतिविधिसहित उत्सव मनाएको हो।कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षाविद्, अभिभावक, पूर्वविद्यार्थी तथा हाल अध्ययनरत विद्यार्थी गरी हजारौँको सहभागिता रहेको थियो। विद्यालय प्रांगणमा आयोजित समारोह सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, नाटक तथा विद्यार्थीका सिर्जनात्मक कृतिहरूको प्रदर्शनले विशेष आकर्षणको केन्द्र बनेको थियो। विद्यार्थीहरूले वर्षभरि विभिन्न शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धिहरूलाई कार्यक्रममा विशेष रूपमा उजागर गरिएको थियो।

विद्यालयको गरिमा उकास्न योगदान पुर्‍याएका सयौँ विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता, खेलकुद उपलब्धि, सांस्कृतिक प्रस्तुति तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा मायाको चिनो प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले चार वटा संस्थालाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ। साथै कञ्चनपुरकै एक सरकारी विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको छ। विद्यालयले शिक्षा मात्र नभई समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जिल्ला समन्वय समिती प्रमुख दुर्गा बोहराले विद्यालयले शिक्षासँगै सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे। उनले लिटिल बुद्ध एकेडेमीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै समाजप्रति जिम्मेवार नागरिक तयार पार्ने दिशामा खेलेको भूमिकाले विद्यालयको छवि अझ सशक्त बनेको बताए। आगामी दिनहरूमा पनि सामाजिक कार्यलाई उत्तिकै प्राथमिकता दिँदै अघि बढ्ने विश्वास व्यक्त गरे।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

विद्यालयका प्रधानाध्यापक श्याम सिंह मौनीले कार्यक्रम सफलताका सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्दै वर्षभरि सञ्चालन गरिएका शैक्षिक तथा सह–शैक्षिक कार्यक्रम, उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए। उनले विद्यालयलाई अझ आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने लक्ष्यसहित आगामी योजनाहरू सार्वजनिक गरे।

भव्य सहभागिता, सशक्त प्रस्तुति र सामाजिक प्रतिबद्धतासहित सम्पन्न १९औँ वार्षिक उत्सवले लिटिल बुद्ध एकेडेमीले शिक्षासँगै समाजसेवामा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको सन्देश दिएको छ।