ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, माघ २६ 

कञ्चनपुरका पत्रकार भुपेन्द्र ओलीमाथि कार्यालयमै दुर्व्यहार गर्ने भन्सार कार्यालय गड्डाचौकीका हाकिमद्वय जिल्ला प्रहरी कार्यालयमा पुगेका छन। पत्रकार ओलीमाथि कार्यालयमा दुर्व्यवहार गर्ने  भन्सार कार्यालय,कंचनपुरका नि.प्रमुख चक्रदेव भट्ट र सोही कार्यालयका भन्सार अधिकृत दान बहादुर थापा प्रहरीमा पुगेका छन । 

तीन बर्ष पहिले सशस्त्र प्रहरीले तस्करीमा संलग्न भएको आरोपमा भारतीय नम्बर प्लेटको मोटरसाईकल भन्सार चलान गरेको तर उक्त मोटरसाईकल भारतमा चलिरहेको विषयमा समाचार संकलन गर्न भन्सार कार्यालय पुगेका पत्रकार ओलीमाथि निमित्त भन्सार प्रमुख चक्रदेव भट्ट र भन्सार अधिकृत दान बहादुर थापाले दुर्व्यवहार  गरेपछि पत्रकार ओलीले भट्ट र थापाको नाममा दिएको निवेदनका आधारमा प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा पुगेका छन। 

पत्रकार ओलीले प्रहरीमा निवेदन सहित भिडियो पेश गर्दै आफुमाथि अमानविय, दुर्व्यवहार, अन्याय भएको भन्दै उजुरी दिएका थिए । छलफल सकारात्मक भएपनि विचमै भन्सार अधिकृत दान बहादुर थापा आएपछि सहमती भाडिएको थियो ।आइतबार भन्सार चोरी तस्करी सम्बन्धी समाचार संकलनका  लागि भन्सार कार्यालय गड्डाचौकी पुगेका पत्रकार भुपेन्द्र ओलीमाथि भन्सार अधिकृत चक्रदेव भट्ट र भन्सार अधिकृत दान बहादुर थापाले दुर्व्यवहार गरेका हुन। दोधाराचाँदनी खबरका पत्रकार ओलीले निमित्त भन्सार प्रमुख भट्टसंग प्रश्न सोध्ने बित्तिकै नेपाली नागरिकले भारतीय गाडी चलाउन पाउँछन, तपाई ईन्टरभ्यु दिन्न भन्दै जगिए । अंग्रेजी भाषामै गो फ्रम हियर भन्दै धकेलेको दृश्य ओलीले लिएको भिडियोमा देखिएको छ । 

भन्सार कार्यालयमा पत्रकार ओलीमाथि भएको अमानविय दुर्व्यवहारदेखि धम्कीपूर्ण कार्यको चौतर्फि बिरोध एव भर्सना भईरहेकोछ  । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, सेन्टर सेन्टर, मिडिया मञ्च, अनलाई टिभी पत्रकार पत्रकार संघ, फोटो पत्रकार संघदेखि कम्युनिष्ट युवा संघ संगठनदेखि नागरिकले भर्सना जाहेर गरेका छन। पत्रकार भुपेन्द्र ओलीले निमित्त भन्सार अधिकृत भट्ट र भन्सार अधिकृत थापा सहितका दुर्व्यवहार गर्ने कर्मचारीमाथि कानुन कार्बाहीको माग अघि सार्दै जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरमा निवेदन दिएका छन । कञ्चनपुरका प्रहरी प्रमुख एस.पी. खडक बहादुर खत्रीले भन्सारमा पत्रकार ओली माथि भएको घटनाको छानबिन भईरहेको बताए।

संसोधन गरिएको

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: