ब्रेकिङ न्युज

Default Placeholder


२५ माघ २०८२
भारतको मुम्बईमा सम्पन्न नेपाल र बेलायतबीचको रोमाञ्चक खेलमा नेपाल ४ रनको झिनो अन्तरले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बेलायतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।
बेलायतका लागि बेथल र ब्रुकले अर्धशतकीय इनिङ खेले। नेपालका बलरहरूमध्ये दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट हात पारे।


१८५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरसम्म संघर्षपूर्ण प्रदर्शन गर्‍यो। अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ४४ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बमले विस्फोटक ३९ रनको इनिङ खेले। तर, अन्तिम समयमा आवश्यक रन बनाउन नसक्दा नेपाल जित नजिक पुगेर पराजित हुन पुग्यो।
मुम्बईस्थित मैदान नेपाली समर्थकले भरिएको थियो। दर्शकको अपार मायाले नेपाली टोलीले आफ्नै घरेलु मैदानमा खेलेजस्तो अनुभूति गर्‍यो। दुईपटक विश्व विजेता भइसकेको बेलायती टोलीले नेपाललाई सहज रूपमा हराउने अनुमान गरिएको भए पनि नेपालले कडा प्रतिस्पर्धा प्रस्तुत गर्दै इतिहास रच्नबाट केवल ४ रनले चुक्यो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: