ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, २५ माघ २०८२

कञ्चनपुर : जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। राती करिब २:३० बजेको समयमा जङ्गली हात्ती किसन सिंह साउदको घरमा प्रवेश गरी आक्रमण गर्दा घरबाट भाग्ने क्रममा उनकी आमा ५५ वर्षीया पार्वती साउद र छोरी ६ वर्षीया रोजिना साउद घाइते भएका हुन्। घटनाबारे स्थानीयवासीले बिहान करिब ३:३० बजेतिर प्रहरीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शंकरपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उपचारका लागि टी. एन्ड सी. अस्पताल झलारी पुर्‍याएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि दुवैको अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उपचारका क्रममा आज बिहान करिब ६:१५ बजे ६ वर्षीया रोजिना साउदको धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आक्रमणमा घाइते पार्वती साउदको भने धनगढीमै उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: