माघ-१०, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर : संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुदुरपश्चिम प्रदेश सदस्य समेत रहेकी कलसा देवी महराले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेकी छिन ।  आफुलाइ गत भाद्र महिनामा भएको जेन-जी आन्दोलन पश्चात् नेकपा एमालेको नेतृत्वबाट आएको जवाफ चित्त नबुझी आफुले पार्टी परित्याग गरेको उनले सम्मेलन मार्फत बताएकी छिन । 

बि.स. २०४८ साल चैत्र १३ गतेदेखि आफू एमाले सदस्य रहेको तथा पार्टीका लागि हरेक किसिमले लागि परेको सदस्यको रुपमा आफू रहेकि हुदा आफुलाइ यो निर्णय गर्दा बडो कठिन परिस्थिती आफै भित्र आएपनि नेतृत्वमा बसेका नेताहरुको गैर-जिम्मेवारीपुर्ण जवाफले गर्दा आगामी दिनहरुमा स्वतन्त्र भुमिकामा रहने उनले बताइन । महरासंगै नेकपा एमालेका वडा तहका सदस्यहरु कुमादेवी शाही, जानकी ठगुन्ना, कमला भट्ट, अनिता खत्री, राजु धामी गोबर्धन श्रेष्ठ, सिद्धराज ऐर, सुरत चौधरी, हरिश बोहरा, गोमती गिरी, रामचन्द्र बिष्ट, कमला ओड र कमला गिरीले नेकपा एमाले पार्टी परित्याग गरेको जानकारी पत्रकार सम्मेलन मार्फत आयोजक टोलीले जानकारी गराएको छ ।