कञ्चनपुर:

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालको प्रथम प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ आयोजित अधिवेशन कञ्चनपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अध्यक्ष दुर्गा दत्त बोहराले अधिवेशनको उद्घाटन गर्दै खेलकुदले युवालाई अनुशासित, स्वस्थ र राष्ट्रप्रति जिम्मेवार बनाउने उल्लेख गर्नुभयो। उहाँले कराते जस्ता मार्शल आर्ट खेलको विकासका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको सभापतित्व संघका अध्यक्ष दीपेन्द्र देउवाले गर्नुभएको थियो। अधिवेशनमा प्रदेशभरका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनले नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अधिवेशनबाट भोजराज भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा कृष्ण राना तथा उपाध्यक्षमा ज्ञानेन्द्र बहादुर शाह, जगदिश बिष्ट, किशोर बिष्ट, हेमराज भट्ट चयन हुनुभएको छ। त्यस्तै, मुख्य सचिवको जिम्मेवारी प्रेम बहादुर चन्दलाई दिइएको छ। सचिवहरूमा बीरेन्द्र सिंह साउद र यशोदा भण्डारी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा बल बहादुर महतका साथै सदस्यहरुमा केशव राज भट्ट, सोमराज जोशी, निरज गुप्ता, विनोद न्यौपाने, योगेश रावल, शुसिला भट्ट, बिरेन्द्र सिंह कार्की, देवकी जोशी, प्रमानन्द पाण्डेय  तथा दिर्घ बहादुर मल्ल चयन हुनुभएको छ।