२३ पुस, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

काठमाडौं:

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरिएको हो।

घोषित टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन गरिएको छ, जसबाट विश्वकपमा नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

घोषित टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सुन्दीप जोरा, आरिफ शेख, बसर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ला र लोकेश बम रहेका छन्।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

क्यानले टोली छनोट गर्दा हालको प्रदर्शन, अनुभव र फिटनेसलाई आधार मानेको जनाएको छ। विश्वकपमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्यसहित टोली घोषणा गरिएको क्यानको भनाइ छ।