२१ पुस, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सञ्जय महर , महेन्द्रनगर


समाज कल्याणको उद्देश्यका साथ बिष्णु योग साधना केन्द्रले अंचल बाल अनाथालयमा खाद्य सामग्री वितरण गरेको छ। केन्द्रद्वारा १ बोरा चामल, विभिन्न तरकारी तथा अन्य खानेकुरा वितरण गर्नुका साथै अनाथालयमै खाना पकाएर बालबालिकालाई खुवाइएको थियो ।

उक्त कार्यक्रम बिष्णु योग साधना केन्द्रका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। बालबालिकालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी र आत्मीय अनुभूति भएको केन्द्रकी कोषाध्यक्ष विजया लक्ष्मी अवस्थीले बताउनुभयो। उहाँले यस्ता सामाजिक कार्यले मानविय संवेदना र सेवाभावलाई अझ सुदृढ बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी सू.प.वि इञ्जिनियरिङ अध्ययनरत पूजा पालीले अनाथालयमा बजेटको अभाव रहेको जानकारी दिँदै सहयोगी मन भएका सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो। साथै उहाँले अनाथालयका बालबालिकामा धेरै प्रतिभा रहेको र उचित अवसर पाएमा उनीहरू अझ अघि बढ्न सक्ने बताउनुभयो।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

बिष्णु योग साधना केन्द्रको यस किसिमको सामाजिक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पीडित तथा असहाय बालबालिकाको जीवनमा आशा र मुस्कान थपेको छ।