कञ्चनपुर,

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

२०८२ मंसिर १४

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय जितबहादुर चौधरीकी २८ वर्षीया श्रीमती हरिना चौधरीले आज बिहान करिब ८:३० बजे आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छुन जाँदा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि तत्काल श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी लगिएको थियो।

स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा बिहान करिब ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाको जानकारी पाएपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।