ब्रेकिङ न्युज

२६ मंसिर, २०८२

कञ्चनपुर:

देशमा पुरानै राजनीतिक अनुहार दोहोरिन थालेपछि निराश युवापुस्ताले भदौ २३ र २४ मा ‘जेन–जेड’ आन्दोलनमार्फत व्यापक असन्तुष्टि व्यक्त गरेका थिए। सोही सन्दर्भमा अब प्रतिनिधि सभा निर्वाचनमा पनि युवा पुस्ताको नेतृत्व आवश्यक भएको बहस चर्किँदै गएको छ। यही पृष्ठभूमिमा नेपाली कांग्रेसभित्र दुई दशकभन्दा बढी समय सक्रिय रहेका युवा नेता प्रोहित कुमार  बडु कञ्चनपुर–३ बाट प्रतिनिधि सभाको टिकटका लागि दाबी गर्दै अगाडि आएका छन्।

को हुन् प्रोहित बडु ?

सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरमा स्थायी क्याम्पस स्थापना गर्न विद्यार्थी आन्दोलन चलेको बेला प्रोहित बडु अग्रमोर्चामा देखिएका व्यक्तित्व हुन्।२०६२/६३ को जनआन्दोलनमा पनि उनी विद्यार्थी नेतृत्वकै अग्रपंक्तिमा थिए। राजनीतिमा लामो समय सक्रिय रहे पनि कुनै पद–लोभ नराखेको, स्वच्छ छवि बनाएको र विभिन्न दल तथा स्वतन्त्र युवामाझ पनि लोकप्रिय व्यक्तित्वका रूपमा बडुको पहिचान रहेको देखिन्छ। वर्तमान परिस्थितिमा देशलाई नयाँ सोच र युवा ऊर्जा आवश्यक भएको बहसबीच बडु आफू प्रतिनिधि सभामा देशको आवाज बन्न तयार रहेको संकेत गर्छन्।

कञ्चनपुर–३ : कांग्रेसभित्र प्रतिस्पर्धा चर्किंदै

कञ्चनपुरको क्षेत्र नं–३ प्रतिनिधि सभा निर्वाचनका दृष्टिले जिल्लाको सबैभन्दा प्रतिस्पर्धी क्षेत्र मानिन्छ। यस क्षेत्रबाट नेपाली कांग्रेसले विगतमा पूर्व गृहमन्त्री रमेश लेखकलाई निरन्तर उम्मेदवार बनाउँदै आएको छ। पार्टीभित्र शक्तिशाली नेताको रूपमा चिनिने लेखकले पटक–पटक सरकारका महत्वपूर्ण मन्त्रालय सम्हालेका छन्।तर अहिले बदलिँदो राजनीतिक धार र युवापुस्ताको बढ्दो अपेक्षाले पुरानोलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई मौका दिने भन्ने प्रश्न कांग्रेसभित्र गम्भीर रूपमा उठेको छ।

नेपाली कांग्रेसको प्रतिनिधि छनोट कार्यक्रम जारी   

नेपाली कांग्रेस अहिले तीनै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन प्रक्रियामा व्यस्त छ। कञ्चनपुर–३ मा प्रोहित बडुको सक्रियता बढेसँगै यहाँ पुराना र नयाँ नेतृत्वबीच रोचक प्रतिस्पर्धा देखिने विश्लेषकहरूको बुझाइ रहेको छ। युवा पुस्ताको माग, स्थानीय राजनीति, संगठनभित्रको शक्ति सन्तुलन र आगामी निर्वाचन समीकरण—यी सबैले कांग्रेस कञ्चनपुर–३ बाट कसलाई अगाडि सार्ने भन्ने जिज्ञासा झनै बढाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: