ब्रेकिङ न्युज

Default Placeholder

१८ माघ, २०८२

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, तिल्केनीस्थित शान्ति सामुदायिक वन भित्र रहेको बंग्याडोल खोलामा अन्दाजी २४/२५ वर्ष उमेरकी एक महिलाको बेवारीसे लास फेला परेको छ। शनिबार दिउँसो करिब ३ः२० बजे नाम, घर तथा वतन नखुलेकी महिलाको लास खोलामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षकको कमाण्डमा SOCO टोलीसहित ७ जनाको प्रहरी टोली परिचालित गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिलाको लाससँगै घटनास्थलमा जुत्ता, कपडालगायतका सामग्री फेला परेका छन्। ती सामग्रीसहित लासलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।हाल मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक महिलालाई चिन्ने वा सम्बन्धित आफन्तजनले महाकाली प्रादेशिक अस्पताल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: