ब्रेकिङ न्युज

Default Placeholder

बिष्णुदत्त जोशी

१५ मंसिर २०८२

कञ्चनपुर:

गृहमन्त्री ओमप्रकास अर्याल कञ्चनपुर आएका छन, कञ्चनपुरमा गृहमन्त्रीले प्रस्तावित  दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणस्थल, चारलेन महाकाली पुल क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गरेका हुन । गृहमन्त्री अर्यालले दोधाराचाँदनी नगरपालिका १ स्थित चाँदनीमा निर्माण हुने प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलको पछिल्लो प्रगतिबारे नेपाली तथा भारतीय अधिकारीबाट जानकारी लिएका थिए ।

गृहमन्त्री सचिवालयका उपसचिव पुरुषोत्तम पोखरेलले सुख्खा बन्दरगाह सहितसंगै रहेको महाकाली चारलेन पक्की पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन समेत गरेको बताए । गृहमन्त्री अर्यालले नेपाल भारत जोड्ने सुख्खा बन्दरगाह चाडै बनाउन सरकार तयार रहेको अर्यालले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुख्खा बन्दरगाह, महाकाली पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सम्भावना विषयमा ब्रिफ गरेका थिए । अनुगमनमा जिल्लादेखि प्रदेश, केन्द्रसम्मकै सुरक्षा निकाय सहितका प्रशासनिक अधिकारीको सहभागिता रहेको थियो ।

मंगलबार सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठी कार्यक्रमका लागि अर्याल पहिलो पटक सुदुरपश्चिमका जिल्लाहरु कैलाली, कञ्चनपुर आईपुगेका हुन । जेनजी आन्दोलनपछि गृहमन्त्री बनेका अधिवक्ता समेत रहेका अर्याल तीन महिनापछि सुदूरपश्चिम आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जेनजी आन्दोलनमा सुदूरका प्रहरीदेखि युवापुस्ताले ज्यान गुमाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: