सञ्जु महर
१५ मंसिर, २०८२
कञ्चनपुर :
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा समाजशास्त्र सातौं सेमेस्टरका विद्यार्थीहरूले क्याम्पस परिसरमा नयाँ नेपाली राष्ट्रिय झण्डा स्थापना गरेका छन्। पुरानो झण्डा जीर्ण भइसकेको कारण नयाँ झण्डा राखिएको समाजशास्त्रका अगुवा विद्यार्थी तेजेन्द्र लुहारले जानकारी दिए।
झण्डा प्रतिस्थापन कार्यक्रम उपप्राध्यापक बीर बहादुर सिंह (ठकुरी)को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले राष्ट्रिय प्रतीकको सम्मानसहित यसको संरक्षण र नियमित व्यवस्थापन आवश्यक रहेको बताए। विद्यार्थीहरूको सक्रिय सहभागितासँगै क्याम्पसको स्वच्छ छवि र राष्ट्रिय पहिचान प्रवर्द्धनमा योगदान पुगेको क्याम्पसले जनाएको छ।
