२४ कार्तिक, २०८२
काठमाडौं :

आज बसेको मन्त्रिपरिषदको बैठकले हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेका एआईजी कार्कीलाई प्रहरी महानिरिक्षक बनाउने निर्णय गरेको हो । वर्तमान महानिरिक्षक चन्द्रबहादुर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबारदेखि अवकाशमा जाँदै छन् । खापुङको अवकाश हुँदै गर्दा सरकारले नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा (आईजीपी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । बि.सं. २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की आगामी २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्वमा रहन सक्नेछन ।
