ब्रेकिङ न्युज

Default Placeholder

१६ कार्तिक २०८२

कञ्चनपुर:

कञ्चनपुर प्रहरी जिल्लामा जुवातास सम्बन्धी घटना न्युनिकरणमा अग्रसर भएको देखिन्छ । आज बिहान करिब ३ बजेतिर भिमदत्त नगरपालिका मटेनाका रोहित नाथको किराना पसलबाट १२ जनालाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ, भने निजहरुबाट ४१ हजार नगद रुपैया र २ गड्डी तास समेत बरामद गरि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरी श्रोतले जानकारी  गराएको छ ।

यस अघि समेत प्रहरीले जुवातासमा संलग्नलाई पक्राउ गरी आवश्यक कार्बाही अगाडी बढाएको थियो । असोज २४ गते देखि कार्तिक ८ गते सम्ममा कञ्चनपुर प्रहरीले ८३ जना जुवा तास खेलिरहेका मानिसहरु पक्राउ गरेको तथा ५ लाख ५४ हजार भन्दा बढि नगद बरामद गरि आवश्यक कार्बाहि अगाडि बढाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: