ब्रेकिङ न्युज

Default Placeholder

१५ कार्तिक २०८२

कञ्चनपुर:

नेपाल कम्युनिष्ट पार्टिले देशव्यापी रुपमा घोषणा गरेका कार्यक्रम अनुसार कञ्चनपुरको महेन्द्रनगरमा समेत मसाल जुलुस सम्मन्न गरेको छ । आज साझँ एक्कासी रुपमा मसाल सहित महेन्द्रनगरको गल्लि नं ५ पार्क कुनाबाट शुरु भएको जुलुसले सबैको ध्यानाकर्षण गरेको थियो । मसाल बोकेका नेकपा समुहले अहिलेको सरकार विघटन गर्नुपर्ने, एकिकृत जनक्रान्ती जिन्दावाद, सर्वपक्षिय अन्तरिम सरकार गठन गर्नुपर्ने, जेन जी माथि भएको दमनको छानविन गर्नुपर्ने, भ्रष्ट्राचारको निश्पक्ष छानविन गर्नुपर्ने, उच्च स्तरिय छानविन आयोग गठन गर्नुपर्ने  र युवाहरुको लागि रोजगारको ग्यारन्टी गर्नुपर्ने लगायतका विभिन्न मागहरु आफ्ना नारा मार्फत लगाउदै बसपार्क अगाडिको भानुचोकमा पुगि कोणसभामा परिणत भएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा जिल्ला कञ्चनपुरका ईन्चार्ज बिष्णु प्रकाशले मशाल जुलुसमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिनुका साथै प्रहरीले मशाल निभाउनु आन्दोलन माथि दमन नभई मशालबाट कहिकतै कसैको धनजनको क्षति नहोस भनि निभाएको बताउनु भयो । यस अघि प्रहरीले मशाल बोक्दै पार्क नजिकबाट निस्किएका आन्दोलनकारीहरुको मशाल निभाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: