ब्रेकिङ न्युज

Default Placeholder

१३ कार्तिक २०८२ 

बिष्णु दत्त जोशी 

कंचनपुर :

नेपाल कम्युनिष्ट पार्टीले जेनजी बिद्रोह पछि बदलिँदो परिस्थितिलाई मध्येनजर गर्दै निरन्तर कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले  मसाल जुलुस देखि जिल्ला बिरोध प्रदर्शन सहित कोणसभा गर्ने  कार्यक्रमहरु आगामी दिनहरुमा रहेको नेकपा कंचनपुर जिल्ला इन्चार्ज वि.पि. सी ले बताएका छन । देशव्यापी कार्यक्रम अन्त्रगत आज देशभरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्ट्राचारीहरुलाइ कार्बाही गर्न विषेश न्यायालय गठन गर लगायतका विभिन्न नाराहरु सहित भित्तेलेखन गरेका छन । कंचनपुरमा समेत कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकामा भित्तेलेखन गरिएको जानकारी गराएका छन । 

 १७ गते देशभरिकै जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन सहित कोणसभा गर्ने तथा २० गते काठमाडौमा बिशाल जनसभामा हजारौं जनताको बीचमा महासचिव बिप्लव सी ले सम्बोधन गर्ने कार्यक्रम रहेको  नेकपा कंचनपुरका जिल्ला इन्चार्जले जानकारी गराएका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: