१० कार्तिक २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर:

कञ्चनपुर जिल्लाका आरक्ष पिडित समुदाय फेरि एकपटक आन्दोलित भएका छन । पटक पटक आफ्ना मागहरु पुरा गराउन लागि परेका पिडित परिवारहरु हिजो रातीबाट जिल्ला प्रशासन कार्यालयको अगाडि रहेका सडकको पारी तर्फ स साना प्लाकष्टिकका टहरा बनाउदै बसेका छन । बि स २०५८ सालमा तत्कालिन सरकारले शुक्लाफाटा वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा विस्थापित भएका परिवारहरु मध्ये केहिले सरकारबाट जग्गा पाएको भएतापनि पटक पटकको सरकार तथा व्यवस्था परिवर्तन भए संगै ओझेलमा परेका आरक्ष पिडितहरु यस पटक भने आफ्नो माग पुरा नहुन्जेल सम्म आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताएका छन ।

आरक्ष पिडित संघर्ष समितिका जिल्ला अध्यक्ष सहितको आरक्ष पिडित परिवारले यस अघि महेन्द्रनगरको मदन चोकमा साउन २२ गते देखि १२ दिन सम्म आमरण अनशन गरेका थिए । पटक पटक आन्दोलनका कार्यक्रम गर्दै गर्दा सरकार पक्षले आफुहरुलाई विभिन्न आश्वासन दिने तर माग पुरा भने नगरेको आन्दोलनमा सम्मलित पिडित परिवारका एक जनाले बताए ।

बाटोको किनारमा त्रिपालमुनीको बसाईको बाध्यता सुनाउदै पिडीत परिवारमध्येकि एक जना पार्वति भारतिले आफुहरु पिडामा रहेको भएतापनि यतिका वर्षमा आएका कुनैपनि सरकारले आफुहरुको पिडा देखेन भन्दै आखाँभरि आशु बनाउदै आफुहरु गरिब हुनुले नै आफुहरुको पिडा कुनैपनि निकायले नसुनेको आरोप समेत लगाइन ।