ब्रेकिङ न्युज

Default Placeholder

 

१४ असोज २०८२

नेपालले एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जा गरेको छ। युनिटी कपअन्तर्गत युएईमा चलिरहेको सिरिजमा विश्व च्याम्पियन वेष्ट-इन्डिज विरुद्ध  लगातार दुई खेल जित्दै नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसङ्ग म्याच तथा सिरिज जितेको हो । 

टी२० क्रीकेटमा दुई पटक विश्व च्याम्पियन रहिसकेको वेष्ट-इन्डिजको लागि सिरिज बचाउन मौका समेत गुम्यो, ३ वर्ष पछि टिममा फर्किएका आदिल आलम अन्सारीले ४ विकेट तथा  कुशल भुर्तेलले ३ विकेट लिए पछि वेष्ट-इन्डिज ८३ रनमा अल आउट भएको हो । यस अघि पहिले ब्याटिङमा उत्रेको नेपालले आसिफ सेखको ६८ तथा सन्दीप जोराको विस्पोटक ६३ रनको योगदानमा इन्डिजलाइ १७४ रनको विशाल लक्ष्य दिएको थियो । शारजाह मैदानमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै शृंखला कब्जा गरेको थियो। यसअघि पहिलो खेल नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।

वेस्ट इन्डिजलाई लगातार दुई खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ । आज साझ सिरिजको तेस्रो खेल हुदैछ , सिरिज जितिसकेको नेपालले अब आजको खेल जितेर क्लीन स्वीप गर्न मैदानमा उत्रने छ भने सिरिज गुमाइसके पनि लज्जास्पद क्लीन स्वीपबाट  बच्नको लागि आजको म्याच जित्नै पर्ने दवाबमा वेष्ट-इन्डिजको टीम हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: