ब्रेकिङ न्युज

Default Placeholder

१३ असोज २०८२

युएईमा चलिरहेको युनिटी कप टी२० क्रीकेट प्रतियोगितामा पहिलो म्याचमा नेपालले वेष्ट-इन्डिजलाई १९ रनले पराजित गरेको थियो । कुनैपनी टेष्ट राष्ट्र संग पहिलो जित निकालेको नेपालले आजको म्याचको नतिजा आफ्नो पक्षमा पार्न सकेमा एक म्याच अगाडीनै सिरिज आफ्नो नाममा गर्न सफल हुनेछ । 

आजको म्याच युएईको सारजहा क्रीकेट मैदानमा नेपाली समय अनुसार बेलुकी ८:१५ बजे शुरु हुनेछ । वेष्टइन्डिजले हाल सम्म दुईवटा विश्वकप जितिसकेको भएपनी नेपाल सङ्ग पछिल्लो म्याच जितेको हौसला हुनेछ भने सिरिजमा आफ्नो वर्जश्व बाकी नै राख्न आजको म्याच जित्नै पर्ने दवाबमा वेष्टइन्डिजको टिम हुनेछ । 

नेपालका लागि बलिङ्ग, ब्याटिङ र फिल्डिङलाई अझै सुधार्न सके यो म्याच जित्न गाह्रो भने छैन । नेपालका लागि शुरुवाती ब्याटरबाट राम्रो शुरुवात तथा मध्यक्रममा राम्रो रनगती राख्न सकेमा फिल्डिङ र बलिङ राम्रो गर्दै जित्न सक्ने मौका रहेको देखिन्छ ।  अलराउण्डर दिपेन्द्र सिंह ऐरीको ब्याटिङमा रन नबनाउनु चिन्ताको बिषय हुनसक्ने देखिएको नेपाली टिमलाई राम्रो स्कोर सम्म पुर्‍याउन दिपेन्द्रबाट उच्च ब्याटिङ  जरुरी छ । दिपेन्द्रमा पावर हिटिङ्गका साथै  राम्रो ब्याटिङ क्षमता समेत रहेको छ तर पछिल्लो म्याचमा उनले सोचे अनुरुप ब्याटिङ गर्न नसकेपनी फिल्डिङ र बलिङबाट जितमा अहम भुमिका खेलेका थिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: