१२ असोज २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

युएईमा शुरु भएको युनिटी कप टी२० क्रीकेट प्रतियोगितामा नेपालले वेष्ट-इन्डिजलाई १९ रनले पराजित गरेको छ । यसअघि, वेस्ट इन्डिज विरुद्धको शृंखलाको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १४८/८ मा सीमित भएको थियो। पावरप्लेमा ३४ रनमा दुई विकेट गुमाएको नेपाल संघर्षरत रह्यो। रोहित पौडेलले ३५ बलमा सर्वाधिक ३८ रन बनाए भने कुशल मल्ल, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले पनि सम्मानजक स्कोरको लागि आफ्नो सक्दो  योगदान दिए । 

 यद्यपि वेष्ट इन्डिजका अनुभवी अलराउण्डर  जेसन होल्डरले आफ्नो कोटाको ४ ओभर बलिङ गर्दै ४ विकेट लिए भने  युवा नवीन बिदाईसीले  २९ रन खर्चिदै ३ विकेट लिदै नेपालको ब्याटिङ अर्डरलाई ध्वस्त पारे, जसले गर्दा उनीहरूले नेपाललाई  सामान्य योगफलमा रोक्न सफल भए  ।

१४९ रनको सामान्य लक्ष्य पाएको दुई पटकको विश्व विजेता टीम युवा तथा अलराउण्डरले भरिएको टीमको बलिङ र फिल्डिङ अगाडि झुक्न बाध्य बन्यो । उसका लागि  नेपालको बलिङ सटीक थियो, ७ बलरले यो ऐतिहासिक जितमा योगदान दिए। सोमपाल कामी बाहेक, प्रत्येक बलरले विकेट लिए। कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २/१७ लिए, जबकि नन्दन यादव, करण केसी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले प्रत्येकले एक-एक विकेट लिदै वेष्ट इन्डीजको जितको आशा  तोडेका थिए । 

वेष्ट इन्डिजलाइ १२९ रनमा रोक्दै युनिटी कपको पहिलो खेलमा नेपालको इन्डिजलाइ १९ रनले पराजित गरेको हो । खेलमा अलराउण्ड खेल देखाएका कप्तान रोहित पौडेल म्यान अफ द म्याच घोषित भए ।