कञ्चनपुर

कञ्चनपुरको भिमदत्त नगरपालिका १५ निम्बुखेडा स्थायी बसोबास भएका कृष्ण बहादुर खत्रीले कम लागतबाट बढि काम लिन सकिने कृषि औजारका रुपमा बिजुली तथा ईन्धनको अभावमा समेत गोरुको प्रयोग गरी सिचाई बोरिङ्ग, धान चुटने मेसिन, गाईगोरुको लागि चारा काटने मेसिन लगायतका काम एक साथ सहज तरिकाबाट गर्न सकिने उपकरण तयार पारेका छ ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

थप जानकारी भिडियोबाट लिनुहोला ।

करिब १ वर्षबाट आफुले आफु संग भएका सामान्य चिजवस्तुको प्रयोग गरी उपकरण बनाउने सोचँ बनाएका ६६ वर्षिय कृष्ण बहादुर खत्री आफुले यो उपकरणलाई परिमार्जित गरि अहिले बजारमा चल्तिमा रहेका उपकरण भन्दा धेरै सस्तो र सहज सेवा दिने उपकरण तयार पार्ने तर त्यसको लागि आवश्यक सामान जुटाउन आफ्नो आय आर्जन नभएको कारण विभिन्न निकायमा पुगेको तर हाल सम्म भिमदत्त नगरपालिका १५ नम्बर वडा कार्यालयले केहि आर्थिक सहयोग गरेपनि अन्य निकायहरुबाट कुनैपनि सहयोग पाउँन नसकेको तर पनि आफुले यो उपकरण तयार पारेर सबै किसानहरुलाई सहज कृषि बनाउने आफ्नो लक्ष्य पुरा गर्ने बताएका छन ।

खत्रीले गरेको दावी अनुसार उपकरण तयार हुने हो भने साच्चै नै यसले किसान वर्गको लागी ठुलो राहत समेत हुने देखिन्छ । सिचाँईको लागी ईन्धनको प्रयोग गरी बोरिङ्गको प्रयोग गर्दा वा बिजुली मोटरको प्रयोग गर्दा किसानहरु कृषिबाट आम्दानी भन्दा बढि खर्च हुने अवस्थामा रहेका पाईन्छन ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

यस क्षेत्रमा आफुले छिट्टै काम सकाउने आफ्नो लक्ष्य भएतापनि आर्थिक अभावकै कारण आफु रोकिनु परेको र भविष्यमा कहि कतैबाट खर्च जुटाउन सके यो उपकरण अन्तिम तयारी पुरा हुने बताएका छन  । उनले यस अघि नगरपालिका संग यसबारे समन्वय गर्न खोज्दा उनीहरुले कृषि ज्ञान केन्द्रमा यसबारे बुझ्नु भनेर पठाउने तथा ज्ञान केन्द्रले नगरपालिका संग समन्वय गर्नु भन्ने गुनासो गरेका छन ।