ब्रेकिङ न्युज

Default Placeholder

०२ असोज २०८२

काठमाण्डौ:

Gen-Z आन्दोलनको असर सेयर कारोबारमा समेत परेको छ ।भदौ २३ गते काठमाण्डौमा र भदौ २४ गते देशभर भएको Gen- Z नेतृत्वको आन्दोलनले तत्कालिन सरकारका प्रधानमन्त्रीले राजिनामा दिई देशमा अन्तरिम सरकार गठन भएको थियो ।  भदौ २३ गतेबाट नेप्सेले विभिन्न कारण देखाउदै सेयर कारोबार बन्द गरेको थियो । ११:०० बजे देखि ३:०० बजे सम्म कारोबार खुलिरहने बजार एकाएक एक नबज्दै बन्द भएको थियो । आज  २६३७.९७ अन्कमा खुलेर २५११.९१ अन्कमा बन्द भएको छ । अर्थात जम्मा अन्कको ६ प्रतिशत घटेर बजार बन्द हुनुपर्ने समय भन्दा पहिलेनै कारोबार बन्द भएको हो । 

  • १६ कम्पनीमा लाग्यो नेगेटिभ सर्किट
  • ६ प्रतिशत जम्मा घटदा बजार बन्द
  • १ कम्पनीमा पोजेटिभ सर्किट
  • २२८ जम्मा कम्पनी घटेर बन्द

१६ वटा कम्पनीहरुमा नेगेटिभ सर्किट लागेको छ । 

चन्द्रागिरी हिल्स, क्रीष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लिमिटेड , हिमालय रि इन्स्योरेन्स, IGI प्रीडेन्सियल, नेशनल हाइड्रोपावर लिमिटेड , NLG इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल माइक्रोइन्सोरेन्स कम्पनी लिमिटेड , नेपाल रि इन्स्योरेन्स कम्पनी , सप्तकोसी डिप्लोमेन्ट बैंक , सोल्टी होटल , शिखर इन्स्योरेन्स , सिन्धु विकाश बैंक , सिनर्जी पावर डिप्लोमेन्ट लिमिटेड , ट्रेड टावर लिमिटेड र उन्नती सहकारी लघुवित्त संस्था नेगेटिभ सर्किट अर्थात १० प्रतिशत घटेर बन्द भए । २२८ वटा कम्पनी घटेर बन्द भए भने ९ वटा कम्पनी केही मात्रामा बढेर बन्द भए भने एक कम्पनीले  हिमस्टार उर्जा कम्पनी पोजेटिभ सर्किट  लागेर बन्द भएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: