२७ भदौ २०८२
काठमाण्डौ :
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । आन्दोलनरत Gen-Z समुहका युवाहरु सिफारिसमा सम्मानिय राष्ट्रपति रामचन्द्र पौडेलले पुर्व प्रधानन्यायधिस शुसिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । नवनियुक्त प्रधानमन्त्री कार्कीलाई आजै सपथ ग्रहण गराउने तयारी समेत भईरहेको छ ।

सेप्टेम्बर ८ अर्थात २३ भदौबाट काठमाण्डौ लगायत देशभरीबाट तत्कालिन सरकारका विभिन्न गतिविधीमा विरोध जनाउदै Gen-Z आन्दोलन शुरु भएको थियो । आन्दोलनको पहिलो दिनमै आन्दोलनकारीका १९ जनालाई गोली प्रहार गरि मारेको भन्दै तत्कालिन गृहमन्त्री रमेश लेखकले नैतिकताको आधार देखाउदै राजिनामा समेत दिएका थिए । तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओलीले दोस्रो दिनको आन्दोलन सम्म समेत Gen-Z युवाहरुको माग सम्बोधनमा ध्यान दिन ढिलाइ गर्दा देशभरी एकैसाथ आक्रामक देखिएका युवाहरुले काठमाण्डौ लगायत देशभरिका राजनितिक दलका विभिन्न तहमा रहेका व्यक्तीहरुको घरमा तोडफोड र आगजनी गरेका थिए ।
देशमा मौलाइरहेको नितिगत भ्रष्ट्राचारको कारण युवा नेतृत्वको आन्दोलनले सबै वर्गको साथ पाएको आन्दोलनको घटनाहरुमा प्रष्ट देखिएको थियो भने आन्दोलनबाट आज सम्म ५० भन्दा बढिको ज्यान जानुको साथै प्रयाप्त संख्यामा नेपालीहरु घाइते भएका छन । देशका प्रमुख मानिएका भौतिक संरचनाहरुको असतित्व मेटिनसक्ने तथा देशको स्थिती समेत कुन दिशामा जाने भन्ने खतरा रहेको बेला नेपाली सेनाले युवा वर्गहरु सङ्गको सहकार्यमा वार्ता गर्दै देशलाई विषम परिस्थितीबाट निकाल्दै युवाहरुकै मागको आधारमा पुर्व प्रधान न्यायाधीश समेत रहेकी शुशिला कार्कीलाई संसद विघटन पश्चात् प्रधानमन्त्री नियुक्त गर्ने शर्त अघि सारे बमोजिमनै पटक पटकको वार्ता पश्चात् सम्मानिय राष्ट्रपति रामचन्द्र पौडेलले पुर्व प्रधानन्याधिस शुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ती गरेका हुन ।
देशमा पुराना राजनितिक दलहरुबाट जनतामा आएको नैराश्यता , नितिगत भ्रष्टाचार ,निरंकुशता लगायतका विभिन्न पक्षमा युवाहरुको विरोध तथा आन्दोलनले राष्ट्रले इतिहासमै पहिलो पटक युवाहरुको प्रतिनिधिले तोकेको व्यक्ती प्रधानमन्त्री पाएको छ, भने निकट भविष्यमा निर्वाचन गराइ देशलाई नयाँ निकास दिनुका साथै भ्रष्टाचार, बेतिथीलाइ कसरी नियन्त्रण गर्ने तथा आन्दोलनका क्रममा भएका मानविय तथा भौतिक क्षतीबारे सरकारले गर्नुपर्ने कार्यहरु निकै नै महत्त्वपूर्ण रहेको आम नेपालीहरुको बुझाई रहेको छ ।
